साफ यु–२० च्याम्पियनसिपः नेपाल एक खेलअगावै सेमिफाइनलमा
वि.सं.२०८१ भदौ ४ मंगलवार १२:२०
1.13K
shares
shares

साफ यु–२० च्याम्पियनसिपमा मंगलबार बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै घरेलु टोली नेपाल एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।
श्रीलंका नेपालसंग पहिलो खेलमा पराजित हुदै समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो। नेपालले समूहचरणको अन्तिम खेल बिहीबार बंगलादेशसँग खेल्नेछ।













