सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधनमा दाहालद्वारा दुःख व्यक्त

1.6K
shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष एवं माओवादी कर्णाली प्रदेश समिति सचिवालय सदस्य चन्द्रसिंह कार्कीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले दिवङ्गत कार्कीप्रति श्रद्धाञ्जली र जीवनसङ्गीनी एवं कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामासहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेका बेला भेरीगङ्गा नगरपालिका–५ स्थित एमाले मोडमा सवारी दुर्घटनामा परी घाइते भएका कार्कीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा गए राति निधन भएको हो ।
अध्यक्ष दाहालले उक्त दुर्घटनामा घाइते भई उपचाररत हुम्ला ताजाकोट गाउँपालिका अध्यक्ष एवं पार्टीका कर्णाली प्रदेश समिति सहसचिव लालकेश जैशीलगायत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।