सुनचाँदीको मूल्य बढ्यो

वि.सं.२०८१ भदौ ५ बुधवार ०५:१९
91
shares
shares

xr:d:DAFQ4UFI_nI:398,j:183043416,t:23030506
नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रूपैयाँ कायम भएको हो ।
मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८ सय २० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ३५ रूपैयाँमा कारोवार भैइरहेको छ ।