यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर घट्दा यूरो र बेलायती पाउण्ड बढेको छ ।

    अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७८ पैसा र बिक्री दर १३४ रुपैयाँ ३८ पैसा पुगेको छ ।

    त्यस्तै, युरो एकको खरिद दर १४८ रुपैयाँ १९ पैसा र बिक्री दर १४८ रुपैयाँ ८५ पैसा रहेको छ ।

    त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ८५ पैसा र बिक्री दर १७४ रुपैयाँ ६३ पैसा पुगेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६९ पैसा र बिक्री दर ३६ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    ०००

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation