साफ यु–२० च्याम्पियनसिप : भुटान सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना 

  • भुटान साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बढेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा १० खेलाडीमा सीमित माल्दिभ्सविरुद्ध २–१ ले जित्दै भुटान अन्तिम चारमा पुगेसँगै सेमिफाइनलको सम्भावना बढेको हो ।

    भुटानका लागि जिग्मे दोर्जी र नवाङ छोपेलले १/१  गोल गरे। हाफटाइमअघि एक गोलले भुटानले अग्रता लिए पनि दोस्रो हाफमा माल्दिभ्सले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो।

    योसँगै समूह ‘बी’को पहिलो खेलमा भुटानलाई १–० ले पराजित गर्दै ३ अंक जोडेको भारतको भने माल्दिभ्ससँगको नतिजा कुर्नुपर्ने भएको छ।यो समूहमा भुटान र भारतको समान ३ अंक रहेको छ। माल्दिभ्स भने अंकविहीन रहेको छ। भारतलाई सेमिफाइनल पुग्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ। यही खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ।

    माल्दिभ्सले अब समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ। माल्दिभ्स भारतसँग पराजित भए वा बराबरीमा खेल टुंगिएमा भुटान सेमिफाइनलमा पुग्नेछ।

    समूह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ। समूह चरणको अर्को खेलमा नेपालले भोलि बंगलादेशसँग खेल्ने तालिका छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation