पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

वि.सं.२०८१ भदौ ५ बुधवार १२:४३
117
shares
shares

तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्को खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशका अधिकांश जिल्लामा मंगलबारदेखि वर्षा भइरहेको छ । १ सय ५० मिटर माथिबाट सडकको ५० मिटर तलसम्म पहिरो खसेर पूर्ण रुपमा अवरुद्ध भएको र खुलाउनका लागि प्रहरी परिचालन गरिएकाे छ ।