जहाँ नदीहरु सरर बग्छ, त्यहाँ संस्कृति पनि बगेको हुन्छ  मन्त्री सिंह

  • नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालका सबै नदीहरुलाई जोगाएर राख्नुपर्ने  बताएका छन् ।

    शनिबार बागमती रिभर फेस्टिबल २०२४ महाजल यात्रालाई सम्बोधन गर्दै उनले  नदी संस्कृतिसँग पनि जोडिएकोले बचाएर राख्नुपर्ने धारणा राखेका हुन् ।

    उनले भने,‘खास गरेर नेपालका नदीहरुलाई जोगाएर राख्नुपर्छ । नदी हाम्रो धर्म, संस्कृतीसँग पनि मेल खाएको हुन्छ । जहाँ नदीहरु सरर बगेको हुन्छ त्यहाँ संस्कृति पनि त्यहीँ अनुसार बगेको हुन्छ । बागमती सभ्यताको जुन सवाल र अवस्था छ , यसमा सबै मिलेर काम गर्नुपर्छ ।’

    साथै उनले बागमती राजधानीको मात्र नभएर देशकै  सम्पत्ति भएको उल्लेख गरे ।  उनले  विभिन्न कालखण्डमा सहरीकरणका कारण तीब्र गतिले बागमती सभ्यता विग्रेको जिकिर गरे ।

    उनले  भने, ‘बागमती राजधानीको  मात्र नभइ देशकै गहना भएकाले बचाउन जरुरी  छ । विभिन्न कालखण्डमा सहरीकरणका कारण बागमतीको सभ्यता विग्रियो ।   बागमतीको  पानीको  जुन फ्लोर छ वर्षायाममा मात्र देख्ने गरिन्छ । वर्षायाम सकिएपछि बागमती दुर्गन्धित तरिकाले बगिरहेको हुन्छ । यसमा पनि धेरै काम गर्नुपर्ने देखिन्छ ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation