सुक्खा पहिरो झरेपछि बुटवल-पाल्पा सडक अवरूद्ध

वि.सं.२०८१ भदौ ८ शनिवार ११:२४
104
shares
shares

पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं। ३ स्थित हेडवर्क्स र सिद्धबाबा मन्दिर बीचमा रहेको कुहिरे भिरमा दिउँसो ४ बजेतिर सुक्खा पहिरो झरेको हो।
सडकमाथीबाट ढुंगासहितको पहिरो झरेपछि अहिले बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, पोखरातर्फ जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएका छन्।
ढुंगासहितको सुक्खा पहिरोका कारण आवागमन रोकिएपनि सडक खाली भएका कारण कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ।
दोभान प्रहरी चौकीका अनुसार सडकमा ठूला ठूला ढुंगा सहितको पहिरो झरेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न केही समय लाग्ने छ।