ओमानका विदेशमन्त्री औपचारिक भ्रमणका लागि नेपाल आउँदै
ओमानका विदेशमन्त्री औपचारिक भ्रमणका लागि नेपाल आउँदै
वि.सं.२०८१ भदौ ९ आइतवार ११:०९
442
shares
shares

ओमानका विदेशमन्त्री सयिद बदर बिन हमाद बिन हमुद अल्बुसाइडी दुई दिने औपचारिक भ्रमणमा आउने भएका छन्। विदेशमन्त्री अल्बुसाइडी सोमबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। उनी मंगलबार फर्किने तालिका रहेको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्राणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। दुई मन्त्रीबीच दुई पक्षीय वार्ता हुने र नेपाल र ओमानको सम्बन्धलाई सुदृढ गर्नेबारे छलफल हुने विज्ञप्तिमा उल्लेख छ। विदेशमन्त्री अल्बुसाइडीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।











