विराटनगरका लागि उडेको जहाज चन्द्रगढीमा आकस्मिक अवतरण

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की चढेकाे जहाज

1.87K
shares

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की सवार बुद्ध एयरको जहाज आइतबार विराटनगरमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
काठमाडौबाट बिराटनगर आउँदै गरेको बुद्ध एयरको ७०५ विमान भद्रपुरमा अवतरण गरिएको हो । विराटनगरमा मौसम खराब भएपछि भद्रपुरमा आकस्मिक अवतरण गरिएको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्रीले जानकारी दिए । दिउसो साढे २ बजे चन्द्रगढीमा अवतरण भएको विमान मौसममा सुधार भएपछि विराटनगरतर्फ नै उडेको उनले बताए । मुख्यमन्त्रीसहित अरु यात्रुहरु चन्द्रगढी बिमानस्थलमा बिमानभित्रै बसेका थिए । बिमानमा चालक दलसहित ७० जना यात्रु रहेका थिए । विमान आधा घण्टापछि बिराटनगरमा अवतरण भइसकेको जनाइएको छ ।