सहरी विकास मन्त्रालयले वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफल गरेको छ ।
आइतबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै सदस्यहरुसँग छलफल गरेका हुन् ।
छलफल गर्दै शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले विकास र वातावरण एकअर्काको लागि नभैइ नहुने विषय भएको बताए । उनले विकास गर्ने नाममा वातावरणलाई कसैले विगार्न नहुने जिकिर गरे ।
उनले भने, ‘वातावरण र विकास निर्माण असाध्यै सम्बन्धित विषय हुन्, यिनिहरुको बीचमा सामाजिक सद्भाव हुनुपर्यो,हामि विकास निर्माण गर्ने काममा वातावरणलाई विगार्नु भएन्, वातावरण जोगाउने नाममा विकास निर्माण रोक्न पनि भएन ।’
साथै उनले वातावरण संरक्षणमा राम्रै उपलब्धि हासिल गरेको बताए । उनले बनको क्षेत्र बढेर ५४ प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिए ।