नेकपा एसले पदाधिकारीलाई पूर्णता दिने, कार्ययोजना बनाउने

  • नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ । आइतवारदेखि सुरु भएको बैठक भोलिसम्म चल्ने महासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

    उनले बैठकले पदाधिकारी, स्थायी कमिटिका सदस्यहरु र पोलिटब्यूरो सदस्यहरु चयन गर्दै केही कार्ययोजना पनि बनाउने बताए ।

    उनले भने, ‘बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोका सदस्यहरु चयन गर्ने काम हुने । केही कार्ययोजना पनि बनाउँछौ । सोही कार्ययोजना अनुसार अगाडि बढ्ने छौं । पद व्यवस्थापनका विषयहरुमा निर्णय गर्छौ र प्रत्येक केन्द्रीय सदस्यले आगामी दिनमा के कस्ता जिम्मेवारी पाउने छन् भन्ने कुराको पनि निर्णय गर्ने छौ ।’

    पार्टीको सदस्यता बढाउने कुरा पहिलो प्राथमिकतामा पर्ने पनि उनको भनाई छ ।

    बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिनेछ ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation