मन्थलीमा खुल्यो रामेछापकै पहिलो युनिसेक्स पार्लर

  • रामेछाप जिल्लामै पहिलो पटक महिला तथा पुरुषका लागि सुविधा सम्पन्न सेवा सहितका युनिसेक्स पार्लर सञ्चालनमा आएको छ ।

    सदरमुकाम मन्थली स्थित देवकोटा चोकमा सोमबार क्युट कट युनिसेक्स पार्लरको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले रिबन काटेर उद्घाटन गरेका छन् ।

    पाँच वर्ष जापानको रोजगारीपछि नेपाल फर्किएका मन्थली नगरपालिका–२ का दिपेस कार्कीले जिल्लामै पहिलो विशेष सेवा सुविधा सहितको युनिसेक्स सलोन (पार्लर) व्यवसाय सुरु गरेका हुन् ।

    रामेछाप जिल्लामा अहिलेसम्म यो खालको सेवा पाइने युनिसेक्स पार्लर नभएकाले नेपालमै केही गर्ने आफ्नो सोच अनुसार क्युट कट युनिसेक्स सलोन(पार्लर) व्यवसायको सुरुवात गरिएको सञ्चालक कार्कीले बताए ।

    उनका अनुसार यो पार्लरमा महिला र पुरुष दुवैका लागि मेनु अनुसारका सेवाहरू प्रदान गरिने छ । महिलाको पार्लरमा पुरुष पस्न नहुने भ्रमलाई चिर्नका लागि साथै रोजगारीको अवसरका लागि पनि महिला र पुरुषका लागि नै पार्लर सञ्चालनमा ल्याएको उनको भनाई छ ।

    पुरुषको कपाल काट्न, वाक्स, मेनिकेयर जस्ता सेवा यो विषमा योग्य जनशक्तिबाट प्रदान गरिने सञ्चालक कार्कीले बताए। आफ्नै देशमा कुनै नयाँ क्षेत्रमा केही गर्ने सोचका साथ १८ लाख रुपैयाँ भन्दा बढी लगानीमा युनिसेक्स सलोन(पार्लर) व्यवसाय सुरु गरेको सञ्चालक कार्कीले बताए।

    व्यवसाय सुरुवात भएको पहिलो दिन यहाँबाट प्रदाने हुनै सबै किसिमका सेवामा ४० प्रतिशत छुट गरिएको समेत उनले बताए सुरुवाती चरणमा यो व्यवसायबाट महिला, पुरुष गरी पाँच जनालाई रोजगारी प्रदान गरिएको उनको भनाई छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation