साफ यु–२० च्याम्पियनसिप: उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने
वि.सं.२०८१ भदौ १० सोमवार १३:३३
845
shares
shares

साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बंगलादेश साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हाे।
खेल निर्धारित समय ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट गरिएको थियो। जसमा बंगलादेशले ४–३ ले भारतलाई पराजित गर्याे ।
नेपालले पनि टाइब्रेकरमा भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।













