परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता

  • ओमानमा रहेका नेपाली कामदारका लागि के के कुराकानी भयाे ?
  • परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    मंगलबार काठमाडौंको सोल्टी होटेलमा परराष्ट्रमन्त्री कै निमन्त्रणामा दुई दिनका लागि नेपाल भ्रमणमा आएका विदेशमन्त्री अल्बुसैदीले आरजु राणा देउवासँग भेटवार्ता गरेका हुन् ।

    भेटवार्तापछि सञ्चाकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री देउवाले नेपाल–ओमानबीचको सम्बन्धको बारे छलफल भएको र  विदेशमन्त्री अल्बुसैदीले नेपालमा पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गरेको जानकारी दिइन् ।

    उनले भनिन्, ‘श्रमिकसम्बन्धि,स्वास्थ्य सम्बन्धि, पर्यटन र दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध छलफल भएको छ । उहाँले नेपालमा लगानि गर्न इच्छुक भएको कुरा राख्नुभएको छ । खासगरी पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।’

    परराष्ट्र मन्त्रालयका अनुसार ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका छ । उनि आजै स्वदेश फर्किने कार्यतालिका छ ।

    ०००

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation