प्रधानमन्त्री केपी ओलीकाे ‘हेर्ने कथा’का पात्र प्रकाश तामाङलाई भेट्ने चाहना
वि.सं.२०८१ भदौ ११ मंगलवार ११:४९
2.13K
shares
shares

हेर्ने कथा ‘हराएका वर्षहरू’ यतिवेला चर्चामा छ । यो भिडियो हेरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आएको बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले आज सामाजिक सञ्जालमार्फत प्रकाश तामाङलाई भेट्ने चाहना प्रकट गरेका छन् । उनले एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको साथै विद्या चापागाईं प्रभावशाली स्टोरी टेलर रहेको बताएका छन् । उनले विद्या चापागाईंले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेँ र विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्न मा लागेको बताएका छन् ।













