साफ यू–२० च्याम्पियनसिपको ट्रफी सार्वजनिक

  • साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ ।
    मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यू–२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक गरिएको हो ।
    साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको छिनोफानो टाइब्रेकरबाट भएको थियो भने जसमा भुटानलाई ४–१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल र भुटानबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो ।
    साविक विजेता भारतलाई हराउँदै बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो ।
    सोमबार भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा पराजित ग¥यो । बंगलादेशले उपाधिका लागि नेपालसँग खेल्नेछ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation