१६ अर्ब विद्युत महसुल छुट दिने अधिकार प्रचण्डलाई छैन
वि.सं.२०८१ भदौ १२ बुधवार ०९:३९
1.01K
shares
shares

नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले विद्युत प्राधिकरणको असुल गर्नुपर्ने १६ अर्ब बक्यौता रकम आफूखुशी मिनाहा गरेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियारको दुरुपयोग गरेको आरोप लगाएपछि संसदमा हलचल पैदा भएको छ ।
भट्टराईले बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन प्रधानमन्त्री दाहालले कुनै अधिकार नै नभएको विषयमा प्राधिकरणको १६ अर्व वक्यौता छुट दिने निर्णय गर्नु महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको समेत विरुद्ध भएकाले संसदले पनि स्पष्टिकरण सोध्नुपर्ने बताए ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै दाहालले नेपाल विद्युत प्राधिकरणको वक्यौता रकमबारे प्रधानमन्त्री ओलीले स्पष्टिकरण दिनुपर्ने माग गरेका थिए ।








