सभामुख मार्फत् टिआरसी विधेयक राष्ट्रपतिसमक्ष पठाइने

2.03K
shares

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ सभामुख देवराज घिमिरेले प्रमाणित गरेका छन्।
बुधबार सभामुख घिमिरेले उक्त विधेयक प्रमाणित गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ।
यो विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइसकेको थियो। साउन ३० गते प्रतिनिधि सभाबाट पारित भएको उक्त विधेयक राष्ट्रिय सभाबाट भदौ ६ मा पारित भएको थियो।
अब सभामुखले राष्ट्रपतिसमक्ष यो विधेयक प्रमाणीकरणका लागि पठाउनेछन्। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो विधेयकले कानुनको रूप लिनेछ।