साफ यु–२० च्याम्पियनसिप : नेपालविरूद्व बंगलादेशले लियाे अग्रता

416
shares

साफ यु–२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशले घरेलु टोली नेपालविरूद्व सुरूआती अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यतिर १–० को अग्रता लिएको हो।

पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले गोल गरेका हुन् । डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरेका हुन् ।

खेलकाे ९औं मिनेटमै नेपालले सुवर्ण अवसर प्राप्त गरेको थियो। करिब २५ यार्डबाट नीराजन धामीले बार च्याप्दै प्रहार गरेको बल मोहम्मद आसिफले मुस्किलले पञ्च गरेका थिए ।

नीराजनले सिर्जना गरेको अर्को अवसर नेपालले २१ औं मिनेटमा गुमायो। दुई बंगलनदेशी डिफेन्डर एकआपसमा जुध्दा  नीराजनले कट पास दिएका थिए। तर, अनमार्कमा रहेका अविनाश स्याङ्तानको प्रहारले पोस्टको दिशा लिन सकेन।

खेलकाे २५औं मिनेटमै नेपालले पहिलो परिवर्तन गरेको थियो। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले लछु थापाको स्थानमा विंगर अनिल बम्जनलाई मैदान छिराए।