ला लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी

  • स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी भएको छ ।
    गएराति सम्पन्न खेलमा बिलबाओले भ्यालेन्सियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।
    बिलबाओको जीतमा पहिलो हाफको ४५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । उसका लागि बेनाट प्राडोस डियाजले ओस्कार मार्कोसको पासमा हेडर गोल गरेका थिए ।
    सोही गोलको अग्रता पुरै समय कायम राख्दै एथ्लेटिकले पहिलो जीत निकालेको हो । भ्यालेन्सियाको भने यो लगातार तेस्रो हार हो ।
    ला लिगाकै अर्को खेलमा अलाभेसले रियल सोसिडाडलाई पराजित गरेको छ । अलाभेसले सोसिडाडमाथि २–१ गोल अन्तरको जीत दर्ता गरेको हो ।
    सोसिडाड २९ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । मिकेल ओयारजाबल उगार्टे रातो कार्ड पाउँदै मैदान छाड्न पुगेका थिए । १० खेलाडीमा समेटिएको सोसिडाडले ३२ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता भने लिएको थियो । सोसिडाडका बेरिस मेन्डिजले सर्जियो गोमेजको पासमा गोल गरेका थिए ।
    पहिलो हाफको अतिरिक्त पाँचौं मिनेटमा अलाभेसका एसियर विलालिब्रेले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
    ७७ औं मिनेटमा टोनी मार्टिनेजले गोल गरेपछि अन्ततः अलाभेस २–१ को पुनरागमन जीत निकाल्न सफल भयो ।अलाभेसले ३ खेलबाट ४ अंक बनाएको छ भने सोसिडाडको समान तीन खेलबाट तीन अंक नै रहेको छ ।
    यसैगरी भालाडोलिड र लेगानेस तथा एथ्लेटिको मड्रिड र एस्पानोलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation