किन रिसाए ‘प्रचण्ड’: सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा उत्रने

1.35K
shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने बताएका छन् ।

पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले दुई तिहाइको घमण्ड नगर्न आग्रह गरेका हुन् । सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको भन्दै उनले भने, ‘अलि बढी गर्नुभयो भने सडकमा आउँछौँ ।’

भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको काम कारबाही नरोक्न माग गर्दै सडकमा आउने उनले बताए ।

उनले संविधान संशोधन गर्ने काँग्रेस र एमालेको सहमतिमाथि समेत प्रश्न गरे ।

‘उहाँहरूले २०७२ को संविधान हेर्दा जतासुकै माओवादी देख्नुहुन्छ’, ‘प्रचण्ड’ले भने, ‘समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित महिला मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी भने पनि कसरी माओवादीलाई ठिक गर्ने भन्ने परेको छ ।’