टीआरसी विधेयक पारित भएपछि अब देशमा पुरानो द्वन्द्वको अन्त्य हुने मलाई विश्वास छः देउवा
वि.सं.२०८१ भदौ १४ शुक्रवार ११:५२
1.4K
shares
shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब देशमा द्वन्द्व नहुने बताएका छन् । शुक्रबार ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन कार्यक्रममा संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएपछि पुराना कुराको अन्त्य हुने विश्वास लिए ।
पुरानो द्वन्द्व काटमार थियो । मलाई विश्वास छ, त्यो सबै अन्त्य हुनेछ । अबका दिनमा यस्ता कुरा हुनेछैनन्,” उनले भने ।
देउवाले देशको संविधान समावेशी भएको बताए । कतिपय कुराहरू संशोधन हुन सक्ने उनको भनाइ छ । “सबैले आवश्यक ठाने संविधान संशोधन हुन सक्छ । संविधान समावेशी छ,” उनले भने, “समानुपातिकमा अझै केही कुरा छ । कतिपय मानिसहरू चुनावबाट आउन सक्नुहुन्न, उहाँहरूलाई समावेश गर्नुपर्छ ।”













