म्यानचेस्टर युनाइटेडविरुद्ध लिभरपुलको  जित

975
shares

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलले फराकिलो जीत हासिल गरेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ३–० गोलले पराजित गरेको हो ।

पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा १ गोल थपेको थियो । लिभरपुलका लागि लुइस डियाजले २ गोल र मोहमद सलाहले एक गोल गरेका थिए ।

डियाजले खेलको ३५ औं र ४२ औं मिनेटमा गोल गरेका थिए, जसमा मोहम्मद सलाहले दुवै पटक असिस्ट गरेका थिए ।

खेलको ५६ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता ३–० बनाए ।

यो जितसँगै लिभरपुलले लिगमा लगातार तीन खेल जित्दै क्लिन सिट राखेको छ । म्यानचेस्टर युनाइटेड भने लगातार दोस्रो हार व्यहोर्न बाध्य बन्यो ।