संसद्‌मा सभामुखको गुनासो- विपक्षीको साथ पाइनँ

13
shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल(डीपी)ले संसद्मा देखिएका समस्या समाधानमा विपक्षी दलको साथ नपाएको गुनासो गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को अभिव्यक्तिलाई लिएर सोमबार विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले आफ्नो आसनबाटै यस्तो गुनासो गरेका हुन् ।

सो क्रममा उनले विपक्षी दलका सदस्यहरूलाई पटक-पटक संवाद गर्न बोलाएपनि समय नपाएको दाबी गरे । सभामुखको हैसियतले आफूले संवादलाई प्राथमिकता दिएको दाबी गर्दै उनले विपक्षी दलबाट नजरअन्दाज भएको बताए ।

सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई पनि संविधान र नियमावलीअनुसार नै अघि बढाइएको दाबी गरे ।

सभामुखको हैसियतले आफूले विधेयकमा आएका संशोधनहरूलाई निर्णयार्थ मात्रै प्रस्तुत गर्नसक्ने भन्दै प्रष्टीकरण दिए ।

आफूले प्रक्रियामा काम गरिरहेको र कुनै नियम नमिचेकोसमेत सभामुख अर्यालको दाबी छ ।