एमबीबीएस प्रवेश परीक्षाको नतिजामा त्रुटि भन्दै विद्यार्थीले गरे प्रदर्शन
वि.सं.२०८१ भदौ १८ मंगलवार १०:०१
1.96K
shares
shares

चिकित्सा शिक्षा आयोगले एमबीबीएस र पारामेडिकलको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुले आज आयोगको कार्यालय अगाडि न्याय चाहियो भन्दै शान्तिपूर्ण विरोधप्रदर्शन गरेका हुन् । उनीहरुले ओएमआर सीट, एन्सर की, प्रश्नपत्र सेट हेर्न पाउनुपर्ने लगायतका माग गरेका छन् ।
साथै, उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । पीडित विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डको कार्यालयदेखि नै बाटो बन्द गरेर धर्नामा बसेका छन् ।
आयोगले गत शुक्रबार प्रकाशित गरेको एमबीबीएस तथा शनिबार प्रकाशित गरेको पारामेडिकलको नतिजामा त्रुटि भएको थियो ।












