कांग्रेस र एमालेबिचको सहमति कार्यान्वयनमा शङ्का नगर्न गृहमन्त्रीको आग्रह

1.3K
shares

आज गृहमन्त्री रमेश लेखकले प्रेस युनियन कञ्चनपुरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा उहाँले भन्नुभयो “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ, निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।”

प्रेस युनियन कञ्चनपुरद्वारा महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा उहाँले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताउनुभयो । “दुई÷तीन महिनाभित्रै सुक्खा बन्दरगाह निर्माणका लागि भारतले बोलपत्र आह्वान गर्दैछ, चाँडै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ ।” संसद्मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकोले सहमति कार्यान्वयनमा शङ्का नगर्न आग्रह गुर्नभयो । यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुन आग्रह गर्नुभयो ।

गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म अनुसन्धान हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो– यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ, उहाँले भन्नुभयो । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको २०७५ साउन १ मा बलात्कारपछि हत्या भएको थियो । घटना भएको छ वर्ष पुग्नलाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।