सुन्दरीजलको किनारमा एक युवतीको शव भेटियो
वि.सं.२०८१ भदौ २० बिहीवार ०८:१०
1.25K
shares
shares

सुन्दरीजलको खोला किनारमा एक युवतीको शव भेटिएको छ। युवतीको शव सुन्दरीजल खोला किनारको चेपमा भेटिएको हो ।
शव भेटिएको जानकारी पाएपछि अहिले प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
अहिलेसम्म शवको पहिचान नभएको र घटनास्थलमा मुचुल्का गरेर शव उठाउने तयारी भैरहेको एसपी अधिकारीले बताए ।













