नेताका कारण युवामा निराशा छायो भन्दै गर्जिए नेता चन्द्र भण्डारी
पाल्पा कांग्रेसका पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाकाे शोकसभा मनाइयाे ।
वि.सं.२०८१ भदौ २० बिहीवार ०८:०३
shares

आजको राजनैतिक निराशालाई चिर्न नसकेकोमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले चिन्ता व्यक्त छन् ।
नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्ता माझ निराशा उत्पन्न भएको बताए ।
युवाहरु विदेशिने क्रम बढ्दो रहेको, महङ्गीले जनतालाई मर्का परिरहेको लगायतका धेरै समस्या हँुदा पनि नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिने गरेकोमा अब देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ । युवालाई देशमै बस्ने वातावरण निर्माण गर्नुपर्नेमा उनको जोड रहेको छ ।
कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सरिक हुन उनी पाल्पा आएका हुन् । मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उनले बताए । अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडि फर्कन नदिइ द्रूत गतिमा परिवर्तन गर्नुपर्नेे आवश्यकता रहेको उनको धारणा छ ।













