जबरजस्ती आरोपमा स्वास्थ्यकर्मी पक्राउ
वि.सं.२०८१ भदौ २० बिहीवार १०:१०
1.53K
shares
shares

जबरजस्तीकरणी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय स्वास्थ्यकर्मी जनकसिंह धामी जबरजस्तीकरणीको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी दिपक गिरीले बताए ।
बुधबार ३१ बर्षीय एक महिलाले धामीले आफूमाथि जबरजस्तीकरणी गरेको जाहेरीका आधारमा उनलाइ बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
महिलाले केही दिन पहिले पनि स्वास्थ्यकर्मी धामीले आफूमाथि हातपात गरेको भन्दै गाजरी प्रहरीमा निवेदन दिएकी थिइन् ।













