एन्फा महिला लिग : नेपाल एपीएफ क्लब विजयी

1.3K
shares

राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लबले जित हासिल गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गदै जित हासिल गरेको हो।

एपीएफका लागि सविता राना मगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औं मिनेटमा गोल गरेकी थिइन् भने आर्मीका लागि खेलको ५६ औं मिनेटमा विमला चौधरीले एकमात्र गोल गरेकी थिइन् ।

एन्फा महिला लिगमा  एपीएफको यो पहिलो जित हो । पहिलो खेलमा एपीएफ पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो । आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।