बसकाे ठक्करले नाति र हजुरआमाकाे मृत्यु : चालक प्रहरी नियन्त्रणमा

1.47K
shares

नवलपरासीकाे बर्दघाट सुस्तापूर्वमा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई एकैपटक ठक्कर दिएको थियो। बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा तत्काल मृत्यु भएको थियो।

बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर भने गम्भीर घाइते भएकी थिइन्।  घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधन र चालक प्रहरी नियन्त्रणमा छन्।