ब्याउने गाई काटेर खाएको आरोपमा चार जना पक्राउ
वि.सं.२०८१ भदौ २३ आइतवार ०७:१४
1.94K
shares
shares

झापामा २ महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
गत भदौ १८ गते रातको समयमा झापा दमक नगरपालिका वडा नं। २ बस्ने लछुमन विष्टको वडा नं।१ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरी भएको थियो ।
उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगि काटेर मासु लगेको उजुरीका आधारमा अनुसन्धानका क्रममा संलग्नता खेलेपछि चार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।
पक्राउ पर्नेमा दमकस्थित बेलडाँगी शिविरमा आएका भुटानी शरणार्थीहरू प्रेम बहादुर विष्ट, खगेन्द्र दुलाल, विधान थापाका साथै दमक नगरपालिका वडा नं।४ बस्ने गिता श्रेष्ठ रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको चन्दले जानकारी दिए ।











