आज किन २५ अङ्कले घट्यो शेयर बजार ?
वि.सं.२०८१ भदौ २३ आइतवार १०:०९
shares

साताको पहिलो दिन शेयर बजार घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से० २५।४६ अंकले घटेको छ । आज नेप्से ०।९३ प्रतिशतले घटेर २७०१।९० विन्दुमा पुगेको छ ।
आज प्रि(ओपन सेसनमा ५ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा माथि गएको थियो । आज उच्चतम २७६० विन्दु र न्यूनतम २६९७ विन्दु सम्म नेप्से परिसूचक पुग्यो ।
आज दिनभरमा १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १ लाख १२ हजार ३०० किनबेच भएको छ ।
आज ३२८ वटा कम्पनीको शेयर कारोबार हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
समूहमा आज सबैभन्दा बढी विकास बैंक समूह घटेको छ । उक्त समूह आज २।०७ प्रतिशतले घटेर ५ हजार ४२३।५४ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी लघुवित्त समूह बढेको छ । लघुवित्त आज १।२१ प्रतिशतले बढेर ५ हजार २७५।५० विन्दुमा पुगेको छ ।













