कांस्यविजेता पलेसालाई कांग्रेसले गर्‍यो नगदसहित सम्मान

1.89K
shares

नेपाली कांग्रेसले पेरिस पारा ओलम्पिक कांस्य पदक विजेता पलेसा गोवर्द्धनलाई सम्मान गरेको छ । आइतबार कांग्रेस केन्दीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले उनलाई सम्मान गरेका हुन् । कांग्रेसले उनलाई नगद पाँच लाख रुपैयाँ र सम्मानपत्रका साथ सम्मान गरेको हो ।

पारा ओलम्पिकको इतिहासमा नेपालले पहिलोपटक पदक जित्ने क्रममा पलेसाले त्यो सफलत दिलाएकी थिइन् । पलेसालाई यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरले समेत सम्मान गरिसकेका छन् । सरकारले उनलाई ६५ लाख रुपैयाँसहित सम्मान गर्ने जनाएको छ ।