सहकारी ठगीमा कांग्रेस उपसभापति धनराजविरुद्ध पनि उजुरी पत्नी भइन् फरार
वि.सं.२०८१ भदौ २४ सोमवार ०८:५०
shares

नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङलाई सहकारी संस्थाको बचत रकम ठगी गरेको आरोप लागेको छ ।
नेकपा एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय समितिले देशभरका २९ वटा सहकारीको बचत हिनामिनाबारे छानबिन गरिरहेका बेला उपसभापति गुरुङविरुद्ध पनि उजुरी परेको हो ।
उपसभापति गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको हो ।
उनी र श्रीमती ज्योति गुरुङ (हाल सम्बन्धविच्छेद) दुवैको नाममा निकालिएको १४ करोड ८१ लाख रूपैयाँ नतिरेको भन्दै ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका हुन् ।
मितेरी बचत तथा ऋण सहकारी संस्था तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोप लागेको हो । तर ज्योति भने हाल फरार छिन् ।













