बालुवाटारमा सत्ताधारी दलहरुको बैठक सुरु
वि.सं.२०८१ भदौ २४ सोमवार ११:४८
1.22K
shares
shares

सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत नेताहरु सहभागी छन् ।
यो बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण, सरकारको समीक्षा लगायतबारे छलफल हुने बताइएको छ ।













