नाइजेरियामा तेल बोकेको ट्याङ्कर जुध्दा ४८ जनाको गयो ज्यान

1.26K
shares

नाइजेरियामा तेल बोकेको ट्याङ्कर पल्टिँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । यो घटना मध्य नाइजेरियाको नाइजर राज्यको हो ।

इन्धन बोकेको ट्याङ्कर यात्रु र वस्तु भाउ बोकेको लरीसँग ठोक्किँदा यो घटना भएको त्यहाँको विपद् एजेन्सीले भनेको छ । यो घटना आइतबार स्थानीय समयअनुसार मध्यराति भएको बताइएको छ ।

ट्याङ्कर पल्टिएर विस्फोट भएपछि दुवै सवारी साधन आगोको चपेटामा आएको थियो । स्थिति नियन्त्रणमा लिन तत्कालै प्रतिक्रिया टोलीलाई घटनास्थलमा पठाइएको एजेन्सीका महानिर्देशक अब्दुल्लाही बाबा–अराहले भने । विस्फोटले अन्य केही सवारी साधनमा पनि क्षति पुर्‍याएको बताइएको छ । शव र मरेका वस्तुभाउ निकाल्ने र काम भइरहेको बताइएको छ ।