जाे मादल, घण्टी बजाउँदै आए पनि आऊन् तर रुख नै ठूलाे हाे : गगन
वि.सं.२०८१ भदौ २४ सोमवार १२:१२
shares

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस जनताको पार्टी भएको बताएका छन् । सोमबार भरतपुरमा आयोजित बीपी जन्मजयन्ती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“हिजो ठूला नेताहरूले पनि चितवन नै छान्नुहुन्थ्यो । किनकि यहाँ कांग्रेसको सङ्गठन व्यवस्थित छ । पार्टी तपाईंहरूले बनाउनुभएको छ । कांग्रेस जनताको पार्टी हो ।” उनले भने ।
महामन्त्री थापाले चितवनमा पुनः पार्टीको शान फर्काउनुपर्ने बताए । “यहाँ कोही मादल बजाउँदै आए पनि आऊन्, घण्टी बजाउँदै आए पनि आऊन्, हँसिया हथौडा बजाउँदै आए पनि आऊन् ।
तर, रुखको छहारीभन्दा ठूलो केही छैन भन्ने कुरालाई पुनर्स्थापित गर्नुपर्छ,” उनले भने ।













