एल साल्भाडोरमा हेलिकप्टर दुर्घटना : प्रहरी प्रमुखको निधन
वि.सं.२०८१ भदौ २४ सोमवार १२:२३
1.14K
shares
shares

एल साल्भाडोरको प्रहरी बलका प्रमुखको सैन्य हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार बिहान होन्डुरसको सीमाबाट करिब १० किमी पर पासाक्विना नजिक सेनाको यूएच–१ एच हेलिकप्टर दुर्घटनामा परेको थियो ।
सो दुर्घटनामा परेर प्रहरी प्रमुख मौरिसियो आरि र्याजाको निधन भएको हो । दुर्घटनाको समयमा सो हेलिकप्टरमा आरिजयासमेत ९ जना सवार थिए । लाखौं डलरको ठगी मामिलाका एक संदिग्धलाई राजधानी सान साल्भाडोर लैजाँदै गर्दा विमान दुर्घटना भएको हो ।













