एआई फिचरसहित आइफोन १६ को लञ्च गर्दै एप्पल 

2.12K
shares

अमेरिकाकाे  बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले हरेक वर्ष सेप्टेम्बरमा नयाँ आइफोन  लञ्च गर्दछ ।  कम्पनीले याे पटक पनि आज राति बहुप्रतिक्षित आइफोन १६ मोडलको लाइन अप लञ्च गर्दैछ ।

कम्पनीले आइफोन १६, आइफोन १६ प्रोज सिरिज लञ्च गर्नेछ । यी फोनमा एआई फिचर्स हुनेछ । यसबाहेक कम्पनीले एप्पल वाच सिरिज १०, एप्पल वाच अल्ट्रा ३ र एप्पल वाच एसई मोडल पनि लञ्च हुने सक्ने अपेक्षा गरिएको छ । केही समाचारले भने कम्पनीले कम बजेटको एयरपड पनि लञ्च गर्न सक्ने बताइएको छ ।

कम्पनीले यस कार्यक्रमलाई ‘इट्स ग्लोटाइम’ भन्ने ट्यागलाइन दिएको छ । यो कार्यक्रम कम्पनीका आधिकारिक वेबसाइट, एप्पल टिभी र युट्युबमा समेत हेर्न सकिनेछ । युट्युबमा लाइभ स्ट्रिमिङ हेर्न एप्पल च्यानलमा जानु पर्नेछ । कार्यक्रम राति १० बजेपछि शुरु हुनेछ । मिडिया रिपोर्टका अनुसार इभेन्टको लोगोले आइफोन १६ मा दिएको भिजुअल परिवर्तनलाई दर्शाएको बताइएको छ । नोटिफिकेशन इफेक्ट्समा पनि परिवर्तन देख्न पाइनेछ ।