पनौतीमा एक महिला मृत फेला
वि.सं.२०८१ भदौ २५ मंगलवार ०६:००
1.26K
shares
shares

काभ्रेपलान्चोकको पनौती नगरपालिका– ४ मा एक महिला मृत फेला परेकी छन्।
आज बिहान पनौती नगरपालिका–४ दुधमिल पछाडि खेतको आली छेउमा उनको शव फेला परेको हो।
मृतक बनेपा नगरपालिका–११ सल्ले घर भई सोही नगरपालिका– ४ डेरा गरी बस्ने वर्ष ३५ की शान्ति तामाङ रहेको काभ्रे प्रहरीले जनाएको छ।
मृतकको छोरा सञ्जय तामाङले उनको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए। घटनबारे थप अनुसन्धान भइरहेको छ।





