एमालेको सर्कुलर : ‘सांसदहरूले असोज ३ गतेसम्म काठमाडौं नछाड्नू’
वि.सं.२०८१ भदौ २५ मंगलवार ०७:४९
988
shares
shares

नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न सर्कुलर जारी गरेको छ।
उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए।‘पार्टीले असोज ३ गतेसम्म काठमाडौं नछोड्न सांसदलाई सर्कुलर गरेको छ,’ उनले भने, ‘उपसभामुखले अब राजीनामा दिएर मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्छ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि अब उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गरे राम्रो हुने बताए।











