हुलाकी सडकको काम छिटो गर्न माग गर्दै गाउँपालिका अध्यक्ष नै धर्नामा
वि.सं.२०८१ भदौ २५ मंगलवार ०८:००
shares

पश्चिम नवलपरासीमा हुलाकी सडक निर्माणको काममा ढिलासुस्ती भएको भन्दै गाउँपालिका अध्यक्ष नै धर्नामा बसेका छन्।
हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती पाएको भन्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसहित जिल्लाका राजनीतिक दल र सरोकारवालाहरूले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन्।
आइतबार एक घण्टा धर्ना बसेको टोलीले आफ्ना मागलाई बेवास्ता गरे आमरण अनशनमा बस्ने चेतावनी दिएको छ।
हुलाकी सडक निर्देशनालयअन्तर्गत गोपीगन्जदेखि बेलाटारीसम्मको ६।५ किलोमिटर सडक ६ वर्ष हुँदा पनि सम्पन्न नभएपछि तत्काल काम अघि बढाउन माग गर्दै पालिका अध्यक्षको नेतृत्वमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसहितले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन्।
यसअघि प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले संघ सरकारलाई पत्राचार गर्दै १५ दिनभित्र काम अगाडि नबढाए धर्ना र आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए।












