कीर्तिपुरबाट जुवातास खेलिरहेका नौ जना पक्राउ

1.29K
shares

कीर्तिपुर बस्दै आएका काभ्रे तेमाल गाउँपालिका-९ घर भएका ६३ वर्षीय धन बहादुर तामाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुरसहित  ९ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नेपाली ३४ हजार २ सय १५ रुपैयाँ, कम्बोडियन २ हजार रियाल, कतारी ८ रियाल, मलेसियन २ रिङ्गिट, भारतीय २० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएकाे छ ।