प्रहरीका तीन डीआईजीको सरुवा , डीआईजी लालमणि मधेस प्रदेशमा

1.25K
shares

गृह मन्त्रालयले प्रहरीका तीनजना डीआईजीको सरुवा गरेको छ ।

डीआईजी यज्ञ विनोद पोखरेललाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । यसअगि पोखरेल मधेस प्रदेशमा कार्यरत थिए ।

अर्का डीआईजी लालमणि आचार्यलाई भने मधेस प्रदेश प्रहरी कार्यालयमापठाइएको छ ।

यसैगरी  डीआईजी राजेशनाथ बास्तोला भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा भएका छन् । गृहमन्त्री रमेश लेखकले डीआइजीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन् ।