सांसदहरूलाई उपत्यका नछोड्न कांग्रेसको निर्देशन
वि.सं.२०८१ भदौ २६ बुधवार १३:०४
962
shares
shares

सत्ता साझेदार दल नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान निर्देशन दिएको छ ।
कांग्रेसले २०८१ असोज ३ गतेसम्म काठमाडौँ उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरूलाई यथाशीघ्र काठमाडौँ आउन ह्विप जारी गरेको कांग्रेसका एक सांसदले जानकारी दिए।
उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव ल्याउने तयारीमा सत्ता पक्ष रहेकाले कांग्रेसले यस्तो निर्देशन आफ्ना सांसदहरूलाई जारी गरेको हो ।
कांग्रेसले पदीय आचार विपरीतको काम गरेको भन्दै उनीविरुद्ध प्रस्ताव दर्ता गर्ने तयारीकै कारण नेकपा एमालेले यसअघि आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान भनेको थियो ।













