लिखत सम्बन्धी कसुरमा वडा अध्यक्ष पक्राउ
वि.सं.२०८१ भदौ २७ बिहीवार ०७:३९
shares

सरकारी कागजात किर्ते गरेको अभियोगमा सुनसरी देवानगञ्ज गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनले किर्ते गरेको कसुरमा सुनसरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँगै यादवलाई बुधबार सुनसरी पहरीले पक्राउ गरेको हो ।
सोही ठाउँका सिताराम यादवले आफ्नै छोरा राम यादवको २०६५ साल जेठ १५ गते मृत्यु भएको भनी तत्कालीन गाविसको कार्यालयमा गएर झुट्टो विवरण पेस गरेका थिए । त्यसबेला उक्त कार्यालयका कर्मचारीले मृत्यु दर्ता प्रमाण पत्र बनाएर जिल्ला अदालत सुनसरीमा निवेदन साथ लगत कट्टाको लागि मृत्यु दर्ता प्रमाण पत्रसमेत पेस गरेका थिए ।
देवानगञ्ज ७ नं। वडा कार्यालय, सुनसरीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन सम्बन्धी कसूरमा सर्जमिन हुँदा वडाध्यक्ष सूर्यनारायण यादव समेतका व्यक्तिहरूले सितारामको छोरा राम यादवको मृत्यु भई सकेको सर्जमिन गरेका थिए ।











