नेप्से परिसूचक ५० अंकले घट्यो, कारोबार रकममा सुधार

2.21K
shares

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को परिसूचक आज ५० दशमलव ७३ अंक अर्थात् १ दशमलव ८८ प्रतिशतले घटेर २,६३७ दशमलव ७९ बिन्दुमा कायम भएको छ।

  • लगातार घट्दै: लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले वृद्धि भएको थियो। तर बजार सम्हालिन नसक्दा आज पुनः घटेको छ।
  • उच्च कारोबार रकम: आज ३२४ कम्पनीका २ करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता शेयर १ लाख १९ हजार ७ सय ३९ पटक खरिदबिक्री भएको छ। यसमा रु १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९ सय ५७ बराबरको कारोबार भएको छ, जुन पछिल्ला सात दिनमा सबैभन्दा उच्च हो।
  • समूहगत गिरावट: आजको कारोबारपछि वित्त समूह ३ दशमलव ५३ प्रतिशत र होटल तथा पर्यटन समूह ३ दशमलव ६८ प्रतिशतले घटेको छ। अन्य समूहहरूको गिरावट यसप्रकार छ: बैंकिङ ० दशमलव ९३ प्रतिशत, विकास बैंक २ दशमलव ५१ प्रतिशत, जलविद्युत् १ दशमलव ४८ प्रतिशत, लगानी २ दशमलव ८० प्रतिशत, र जीवन बीमा समूह २ दशमलव ७४ प्रतिशतले घटेको छ।
  • शीर्ष कारोबार कम्पनीहरू: कारोबार रकमका आधारमा आज सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ६४ करोड ३८ लाख ६६ हजार सात सय ८० बराबरको शेयर खरिदबिक्री भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिङ्गटी हाईड्रो इनर्जी लिमिटेडको ९ लाख ३४ हजार पाँच सय ७८ कित्ता शेयर किनबेच गरिएको छ।