प्रधानमन्त्री ओली र रोमानियाका राजदूतको बिदाइ भेट
वि.सं.२०८१ भदौ ३० आइतवार १०:१८
1.63K
shares
shares

आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रोमानियाका राजदूत डानियल मारियाना सेजोनभ तानले बिदाइ भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा, प्रधानमन्त्री ओलीले राजदूतलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नेपाल–रोमानिया सम्बन्धमा योगदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।
भेटमा द्विपक्षीय सहयोग र चासोका विभिन्न विषयहरूमा छलफल भएको थियो। यस क्रममा दुवै देशले आफ्नो–आफ्नो दूतावास खोल्ने प्रस्ताव राखेका थिए। भेटमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीहरू र अन्य प्रमुख व्यक्तिहरू पनि उपस्थित थिए।











